युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा विद्यार्थी संघको विशेष साधारण सभा चैत्र १६ गते नेपाल शेर्पा संघको भवनमा हुने भएको छ।

नेपाल शेर्पा विद्यार्थीसंघको १४ औं राष्ट्रिय महाधिवेशनमा बृहत सहमतिद्वारा एक-एक वर्षको आलोपालो नेतृत्वको सहमति अनुसार विशेष साधारण सभा तय भएको हो।

अध्यक्ष छिरिङ शेर्पाले एक वर्षको कार्यकाल पूरा गरे संगै विशेष साधारण सभा मार्फत सहअध्यक्ष फुर्वा छिरिङ शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघको नेतृत्व गर्नेछन्।

सङ्घको १४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासीहरु छिरिङ शेर्पा र फुर्वा छिरिङ शेर्पा ‘छिरिङ ला’ बीच एक-एक वर्षको आलोपालो अध्यक्ष हुने सहमति भए संगै सर्वसम्मत केन्द्रीय समिति चयन भएको थियो।

नेपाल शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशन २०८० साल चैत्र १० गते काठमाण्डौको शेर्पा सेवा केन्द्रमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर