युनिकोड    राशिफल       TashiTelevision                     

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको गुम्बा भवनमा सम्भोटा लिपि तथा आधारभूत बौद्ध शिक्षाको  कक्षा सुरु भएको छ।

साउन ६ गते आइतबार गुरु पूर्णिमाको अवसर पारेर सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले  सम्भोटा लिपि तथा आधारभूत बौद्ध शिक्षाको कक्षा सुरुवात गरिएको हो।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित सुन्दरटोल, जोरपाटीमा अवस्थित गुम्बा भवनमा सोमबार देखि शुक्रबार दैनिक दिँउसो १ बजे देखि ३ बजे सम्म नयाँ कक्षाहरु संचालन हुनेछ।

प्रत्येक शुक्रबार बौद्ध धर्म गुरु डा. टाशी छिरिङ शेर्पाको धार्मिक प्रवचन रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बौद्व धर्म गुरु डा. टाशी छिरिङ शेर्पाले ज्ञान लिनको लागि वर्तमान समय स्वर्ण समय भएको बताए।

बौद्व धर्म गुरु शेर्पाले सिन्धुपाल्‍चोक शेर्पा समाज सेवा काठमाण्डौका अध्यक्ष बहादुर शेर्पा, महासचिव नुर्वु शेर्पा लगायत संस्‍थाका पदाधिकारीहरुलाई आभार व्यक्त गर्दै सम्भोटा लिपि, प्राम्भिक अभ्यास/ङोन्डो गर्ने तरिका, दैनिक पूजा विधि, मणि लगायतका विषयहरुमा पठन पाठन हुने जानकारी दिएको छ।

गुरु पूर्णिमाको अवसरमा आयोजित सो कार्यक्रममा सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका अध्यक्ष बहादुर शेर्पा र महासचिव नुर्वु शेर्पाले नेपाली कांग्रेसका नेता लाक्पा ठिलेन शेर्पालाई राजनीतिक गुरुको रुपमा खादा लगाई सम्मान गरेको छ।

सिन्धुपाल्चोक जिल्लाको अगुवा तथा समाजसेवीको रुपमा परिचित हिमाली कान्छालाई राजनीतिक गुरुको रुपमा उक्त सम्मान गरिएको हो।

कार्यक्रममा सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका सल्लाहकार समेत रहेका बौद्ध धर्म गुरु डा. टाशी छिरिङ शेर्पालाई गुरुको रुपमा खादा लगाई अध्यक्ष बहादुर शेर्पा र महासचिव नुर्वु शेर्पाले सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी लाक्पा ठिलेन शेर्पा ‘हिमाली कान्छ’ले समयमै अध्यन र धर्म कर्ममा लाग्नु पर्नेमा जोड दिए।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका अध्यक्ष बहादुर शेर्पाले सिन्धुवासीहरुको आफ्नै गुम्बा भवन बाट गुरु पूर्णिमाको अवसर पारेर बौद्ध शिक्षाको पठन पाठन सुरु भएको बताउदै बौद्ध धर्म गुरु डा. टाशी छिरिङ शेर्पाले विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री वितरण गरिरहेको जानकारी दिए।

अध्यक्ष शेर्पाले निर्माणधिन गुम्बा भवनको लागि राम्रो आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिएको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका महासचिव नुर्वु शेर्पाले  बौद्ध शिक्षा प्रदान गर्ने उदेश्य अनुरुप कक्षा प्रारम्भ गरिएको बताउदै बौद्ध धर्मको संस्कार र संस्कृति बुझ्नको लागि सम्भोटा लिपि अनिवार्य रुपमा सिक्नु पर्ने बताए।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौकी कार्यालय सचिव दावा ग्याल्मु शेर्पाले पढ्न इच्छुकहरुलाई निमन्त्रणा गर्दै बौद्ध धर्मको शिक्षा युवाहरुले ग्रहण गर्नु पर्नेमा जोड दिइन्।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको निर्माणधिन गुम्बा भवन बाट सम्भोटा लिपि तथा आधारभूत बौद्ध शिक्षाको कक्षा सुरु भएको हो।

              

  

 

       

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर