नेपाल शेर्पा विद्यार्थी संघले बुद्ध जयन्ती र सागा दावाको अवसरमा पुरानो लुङता व्यवस्थापन, तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम २०८१ सम्पन्न गरेको छ।
शेर्पा विद्यार्थीहरुको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघ द्धारा “तीर्थस्थल सरसफाई र लुङता सचेतना सँगै हाम्रो धर्म, परम्परा र संकृतिको जगेर्ना” भन्ने मूल नाराका साथ बौद्ध धर्म, परम्परा र संस्कृतिको जगेर्ना संगै वातावरणको संरक्षण र सम्पूर्ण प्राणीहरुको हितको लागि देशका विभिन्न १६ भन्दा बढी जिल्लाहरुमा एकै साथ एकै दिन बृहत रुपमा “पुरानो लुङता व्यवस्थापन, तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम २०८१” एउटा अभियानको रूपमा सम्पन्न भएको हो ।

बिहीबार काठमाण्डौको जोरपाटीमा आयोजित कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष समेत रहेका नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले उद्घाटन गरेका थिए ।
नेपाल शेर्पा विद्यार्थी संघका उपाध्यक्ष निमा सांगे शेर्पाको संयोजकत्वमा आयोजित कार्यक्रमलाई नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष छिरिङ शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको समापन सत्र नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
नेपालको शेर्पा संघको मुख्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले तीर्थस्थलहरुको सरसफाईको साथै आम जनतामा सचेतनाको कार्यक्रमको लागि विद्यार्थीहरुलाई धन्यवाद दिँदै सकारात्मक सोचले गन्तव्यमा पुग्ने बताए।
अध्यक्ष शेर्पाले जलवायु परिवर्तनले नेपाललाई धेरै असर परेको बताउदै जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिए।
काभ्रेपलाञ्चोकको नमोबुद्ध सहित दोलखा, खोटाङ, संखुवासभा, भोजपुर, ताप्लेजुङ लगायत १६ भन्दा बढी जिल्लाहरुमा पुरानो लुङता व्यवस्थापन, तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
२ सय भन्दा बढी स्वंयमसेवकहरु जम्मा भई नमोबुद्धमा पुरानो लुङता व्यवस्थापन, तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम भएको नेपाल शेर्पा विद्यार्थी संघले जनाइएको छ।
नमोबुद्धमा नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आयोजनामा पुरानो लुङता व्यवस्थापन, तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम सम्पन्न भएको हो।
नेपाल शेर्पा विद्यार्थी संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निमा सांगे शेर्पाका अनुसार वातवरण मैत्री लुङताको प्रयोगलाई बढावा दिनको लागि कार्यक्रम आयोजना गरिएको हो।
नेपाल शेर्पा विद्यार्थी संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निमा सांगे शेर्पा
कार्यक्रम संयोजक शेर्पाका अनुसार नमोबुद्धमा धार्मिक विधि अनुसार बौद्ध धर्म गुरु टुल्कु दम्छ्यो रिन्पोछे द्वारा प्राणप्रतिष्ठान गरी नयाँ लुङता अर्पण गरिएको हो।
ठ्राङगु टाशी याङछे गुम्बा नमोबुद्धका उपाध्यक्ष तथा सो गुम्बा विद्यालयका प्रिन्सिपल कर्मा फुर्पु शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघले बुद्ध पूर्णिमाको शुभ अवसर पारेर नमोबुद्धमा सरसफाई कार्यक्रम आयोजना गरेकोमा गुम्बाको तर्फ बाट धन्यवाद दिए।
नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कृष्ण बहादुर तामाङले नेपाल शेर्पा विद्यार्थी संघ र नमोबुद्ध नगरपालिकाले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्नु पर्नेमा जोड दिए।
अर्का अतिथि आचार्य कर्मा गोम्पाले वातवरणलाई असर नहुने गरी स्वच्छ मनले लुङता अर्पण गर्नु पर्ने बताए।
नेपाल शेर्पा विद्यार्थी संघ अध्यक्ष छिरिङ शेर्पाका अनुसार ठ्राङगु टाशी याङछे गुम्बा नमोबुद्ध, कान्यिङ शेडुब लिङ गुम्बा, नमोबुद्ध नगरपालिका वडा नं ११ र वडा नं १ को सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बौद्धको उत्पला क्याफेमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै नेपाल शेर्पा विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आफ्नो पहिचान, धर्म, संस्कृति जगेर्नाको निम्ति नेपाल शेर्पा विद्यार्थी संघले उल्लेखनी भूमिका खेलेको बताए।
नेपाल बौद्ध महासंघका कोषाध्यक्ष लोपोन उर्गेन दोर्जेले बुद्ध पूर्णिमा बौद्ध धर्मलम्बीहरुको लागि महत्वपूर्ण र विशेष दिन भएको बताउदै सागा दावामा पुण्य कार्य गर्नमा जोड दिए।
नेपाल शेर्पा विद्यार्थी संघले नयाँ लुङताको अर्पण गर्नुको साथै जमिनमा असरल्ल छरिएको लुङता र फोहोरमैला संकलन गरी वातवरण सरसफाई लागि महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल शेर्पा विद्यार्थी संघकी उपाध्यक्ष दावा याङजी शेर्पाको संयोजकत्वमा वि.स. २०७९ साल वैशाख १ गते पुरानो लुङताको व्यवस्थापन तथा नयाँ लुङता अर्पण कार्यक्रम पहिलो पटक आयोजना भएको थियो।
नेपाल शेर्पा विद्यार्थी संघले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो।






















