नेपाल शेर्पा विधार्थी संघ भोजपुर जिल्ला कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
भोजपुर नगरपालिका स्थित पेमा छोलिङ गुम्बाको प्राङ्गणमा शनिवार भएको तेस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा फुर्वा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निम्दोर्जि शेर्पा, सचिवमा ङिम्ल्हमु शेर्पा, सहसचिवमा निमा शेर्पा र कोषाध्यक्षमा पेम्दोर्जी शेर्पा चयन भएका छन्।
खुला सत्रमा प्रमुख अतिथि हर्क राज शेर्पाले शेर्पा संघ र शेर्पा विधार्थी संघ एकजुट भएर अघि बढ्दै आपसमा भातृव कायम गर्नु पर्ने कुरामा जोड दिए।

विशेष अतिथि छिरिङ शेर्पाले विधार्थीलाई कुनै पनि समस्या आइ परेमा आफूले व्यक्तिगत र संस्थागत दुबै रुपले सहयोग गर्ने बताए।
नेपाल शेर्पा विधार्थी संघ १४ औं राष्ट्रिय महाधिवेशन मूलआयोजक कमिटीका सचिव तथा नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय सचिव फुर्वा छिरिङ शेर्पाले संस्थाको ईतिहास र यस्को काम कर्तव्य बारे प्रस्ट पारे।
बन्द सत्रको संयोजक नेपाल शेर्पा संघ भोजपुर जिल्ला कार्यसमितिको अध्यक्ष हर्क राज शेर्पा, सदस्यहरु नेपाल शेर्पा संघ भोजपुर नगरपालिका अध्यक्ष छिरिङ शेर्पा, १४ औं राष्ट्रिय महाधिवेशन मुलआयोजक कमिटीका सचिव फुर्वा छिरिङ शेर्पा र पेमा छोलिङ गुम्बाका कोषाध्यक्ष आङ दावा शेर्पा गरी ४ सदस्यीय अध्यक्ष मण्डल खडा गरिएको थियो।
बन्द सत्रमा भोजपुरका सम्पूर्ण विधार्थी द्वारा व्यापक सहभागिता जनाई अध्यक्ष मण्डलबाट अन्तमा सर्वसम्मत कमिटी गठन भएको हो।
नेपाल शेर्पा संघ भोजपुर जिल्ला कार्यसमितिको अध्यक्ष हर्क राज शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनमा नेपाल शेर्पा संघ भोजपुर नगरपालिका अध्यक्ष छिरिङ शेर्पा, पेमा छोलिङ गुम्बाका कोषाध्यक्ष आङ दावा शेर्पा र समाजसेवी छिरिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो।


