
प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।
नेपाल प्रहरीका अनुसार आज सोमबार बिहान ०८:५६ बजे प्रहरी सहायक निरीक्षक शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन्।
‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने नारा लिएर सहायक निरीक्षक शेर्पा सगरमाथाको आरोहणका लागि गएकी थिइन्।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरीक्षक दिपक थापा तथा नेपाल प्रहरी परिवारको तर्फ बाट जारी बधाई सन्देशमा भनिएको छ।